संकेतिक तस्बिर

काठमान्डौको शंकरापुरमा  विद्यार्थी बोकेका स्कुल बस दुर्घटनामा परेको छ ।

बा २ ख ७९५८ नं को बस नगरकोटमा पिकनिक गएर फर्कदै गर्दा दुर्घटनामा परेको हो । चावहिल स्थित मैजुबहालमा रहेको सत्यसाई स्कुलको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।

बसमा अन्दाजी ४०/५० जना सवार भएको बताइए पनि यकिन हुन बाँकी नै रहेको काठमान्डौ प्रहरी परिसरले बताएको छ । अहिले उद्धारको काम भइरहेको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0