धादिङ । “समुन्नत खनियावासको आधारः कृषि, पर्यटन र पूर्वाधार“ भन्ने मूल नारासहित दोस्रो गाउँ सभाको छैठौं अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको हो ।
गाउँपालिकाले गाउँपालिकाले कृषि तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै कार्यक्रम संशोधन गरेको छ। गाउँपालिका अध्यक्ष रणबहादुर तामाङका अनुसार भारतीय दूतावासको सहलगानीमा रु. २ करोड ४९ लाखको स्वास्थ्य संस्था निर्माणका लागि म्याचिङ फण्ड व्यवस्था गरिएको छ।
यसैगरी, लिस्नेखोला–टिका–स्युग झार्लाग खानेपानी योजनामा रु. २ करोड ८४ लाखको सहलगानी, बुदुगिलिन्जो सडक निर्माणमा रु. १ करोड ५७ लाख, मानेचौतारा–चौकीटोल सडकमा रु. १ करोड ३७ लाख, तथा कुरी खानेपानी योजना अन्तर्गत ‘एक घर, एक धारा’ योजनाका लागि रु. ५० लाख विनियोजन गरिएको छ।
अधिवेशनले गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण योजनाहरूलाई प्राथमिकता दिँदै विभिन्न विधेयकहरू पारित गरेको छ । जसले स्थानीय स्तरमा सुशासन, पूर्वाधार विकास, तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






