धादिङ । सुगर प्रेसर र मृगौला रोगका कारण बिरामी हुनुभएका गोरखाका विनु थापा मगरलाई धादिङ सोह्रघरका स्थानिय मगरहरुले आर्थिक सहयोग गरेका छन् ।

गोरखा जिल्ला गोरखा नगरपालिका वडा न ११ निवासी थापा मगर लामो समय देखि सुगर प्रेसर र मृगौला रोगका कारण बिरामी भई आर्थिक अभावका कारण उपचार गर्न नसकी हाल आर्थिक सहयोगको याचना गर्दै धादिङसम्म आउनुभएको रहेछ नेपाल मगर संघ धादिङ मार्फत आफुहरुले सहयोग गरेको नेपाल मगर संघ नीलकण्ठ नगरपालिकाका उपाध्यक्ष तथा सोह्रघरका स्थानिय तेज थापा मगरले बताउनु भयो ।

आर्थीक अभावको कारण उपचार गर्न कठिनाई भएकोले सहयोग गरिदिनुहुन भन्दै नेपाल मगर संघ गोरखा र गोरखा नगरपालिकाले समेत सहयोगको याचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0