धादिङ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दाको बहस सकिएको छ । हिजो दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ ।
बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।






