Screenshot

काठमाडौं :-  हिजो मिति २०८२/०४/०४ गतेका दिन स्वास्थ्य मन्त्रालयद्वारा एक वर्ष पुरा भएको उपलक्ष्य मा उपलब्धि सार्बजनिक गर्ने क्रममा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु गर्मीमा शितल ताप्ने र जाडोमा घाम ताप्ने काम मात्र हो भनेकोले ब्यापक बिरोध र गुनासो आएको थियो ।दुरदराजमा काम गर्ने स्वास्थ्यकर्मीहरुले धेरै गुनासो गरेका थिए ।नेपालको परिबेसमा स्वास्थ्य चौकी बाट दिने सेवा नै प्रमुख सेवा हो ।

आज फेरी पत्रकार सम्मेलन गरी आफुले त्यस्तो भन्न खोजेको होइन ,  हाल स्वास्थ्य सस्थामा भवन , साधन  स्रोत, जनशक्ति , औजार र प्रयाप्त मात्रमा औषधि छैन , सबै ब्यबस्था हुनु पर्यो , स्थानिय तहले जिम्मा लिए पछी त्यो ब्यबस्था हुनु पर्यो भनेको हो , यदी ब्यबस्था नभए स्वास्थ्यकर्मीहरु शितल ताप्ने र घाम ताप्ने मात्र हुन्छ भनेको बत्ताउनु भयो । भवन , औजार र औषधि अनि आवाश्यक जनशक्ति को ब्यबस्था मिलाउन सरकार लागी परेको बत्ताउनु भयो । तल्लो तहबाटकाम भएर नै नेपाल को स्वास्थ्य अबस्था सुध्रीएको बत्ताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0