हेटौंडा, साउन २० – आफ्नै दलको नेतृत्वमा रहेको सरकार ढालेर सत्ता सम्हालेका बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका तर्फबाट धादिङका शिवराज अधिकारीलाई मन्त्रीमा नियुक्त गरेका छन्।

अधिकारी नेपाली कांग्रेस धादिङका संस्थापक सभापति हुन् भने उनी समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका हुन्। कांग्रेसले उनलाई यसअघि बागमती प्रदेशसभाको सभामुख बनाउने तयारी गरेको थियो। तर, सभामुख पदका लागि भएको निर्वाचनमा उनले मात्र ३६ मत पाएका थिए। उक्त चुनावमा राप्रपाका भुवन पाठक ६२ मतसहित सभामुखमा विजयी भएका थिए।

नव नियुक्त मन्त्री अधिकारीलाई कुन मन्त्रालयको जिम्मेवारी दिइने भन्नेबारे भने अहिलेसम्म टुंगो लागिसकेको छैन।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई सुदृढ बनाउने उद्देश्यले अनुभवी र सांगठानिक पृष्ठभूमि भएका नेताहरुलाई मन्त्रिमण्डलमा समावेश गर्ने रणनीति अनुसार अधिकारीलाई मन्त्री बनाइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0