१७ भदौ, काठमाडौं ।
गोरखाको भिमसेन थापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस आज बिहान करिब साढे ५ बजे तान्द्राङस्थित टारिफाँटमा दुर्घटनामा परेको हो ।

बसमा सवार २२ यात्रुमध्ये २१ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0