धादिङ वेसी, भाद्र १६ ।
धादिङ जिल्ला अदालतमा हालै नियुक्त भएका माननीय जिल्ला न्यायाधीश राम प्रसाद शर्मा र श्रेष्टेदार राजेन्द्र लुइँटेललाई बार एशोसिएशन धादिङले विशेष कार्यक्रममार्फत स्वागत गरेको छ ।
स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै माननीय न्यायाधीश शर्माले बार र बेन्चबीचको सहकार्यका माध्यमबाट पीडित पक्षलाई छिटो, छरितो र सहज ढंगले न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले कानूनी प्रावधानमा अस्पष्टता देखिएको खण्डमा विवेकपूर्ण निर्णयमार्फत न्याय सम्पादन गरिने बताउनुभयो ।
त्यस्तै, श्रेष्टेदार राजेन्द्र लुइँटेलले सेवाग्राहीलाई समयमै सेवा पुर्याउन कुनै कमी–कसुर नराख्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधीश मनकुमारी जियम बिक, जिल्ला न्यायाधिवक्ता सोमराज काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताहरू, तहशिलदार, ईजलास अधिकृत, बारका पूर्व अध्यक्षहरू, पदाधिकारी एवं सदस्यहरू लगायत अन्य कानून व्यवसायीहरूको उपस्थिती रहेको थियो ।
बार एशोसिएशन धादिङका अध्यक्ष अधिवक्ता टंक कुमार श्रेष्ठले नव नियुक्त न्यायाधीश र श्रेष्टेदारलाई खादा, फूलगुच्छा र अविरले सम्मान गर्दै स्वागत गर्नुभयो । उहाँले बार र बेन्चबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।






