धादिङबेशी । तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर श्रद्धा र स्नेहपूर्वक मनाइँदैछ। नेपाली हिन्दु धर्मावलम्बीहरूले आजको दिन कुकुरप्रति आदर, माया र कृतज्ञता व्यक्त गर्दै विभिन्न परिकार, फूलमाला र टिका लगाएर पूजा गर्ने गर्छन्।

कुकुरलाई हिन्दु धर्मशास्त्रमा यमराजको दूतका रूपमा मानिन्छ। यमपञ्चकका पाँच दिनमध्ये दोस्रो दिन कुकुर तिहारको रूपमा मनाइन्छ। लोकविश्वासअनुसार कुकुर निष्ठा, सुरक्षा र सचेतताको प्रतीक हो।

आज बिहानैदेखि घरघरमा पालिएका र सडकमा रहेका कुकुरहरूलाई दही–टिका, फूलमाला र विभिन्न परिकार खुवाइएका दृश्य देखिन्छन्। विद्यालयका विद्यार्थी र युवा समूहले समेत कुकुरलाई फूलमाला र टिका लगाई सम्मान गर्ने गरेका छन्।

“कुकुर हाम्रो घरको सुरक्षाकर्मी मात्रै होइन, परिवारको सदस्यजस्तै हो। आजको दिनले हाम्रो सह–अस्तित्वको सम्झना गराउँछ।” पशु प्रेमीहरूका अनुसार कुकुर तिहारले मानव र जनावरबीचको सम्बन्ध र करुणा बढाउने सन्देश दिन्छ।

भोलि तिहारको तेस्रो दिन गाई तिहार तथा लक्ष्मी पूजा मनाइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0