काठमाडौं ,२०८३ भाद्र २९

बैंकिङ कसुर मुद्दामा फरार रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको मुख्य गेटबाटै प्रहरी नियन्त्रणमा परेका छन्।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री वालेन्द्र शाहले डाकेको छलफलमा सहभागी भई बाहिरिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भई अदालतमा चलिरहेको थियो।

अदालतमा मुद्दा दायर भए पनि फरार सूचीमा रहेका उनलाई पक्राउ लगत्तै प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। तामाङलाई मङ्गलबार अदालतमा उपस्थित गराइने काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0