काठमाडौं ,२०८३ भाद्र २९
नेपाल सरकारको निर्णयबमोजिम सरुवा भई आउनुभएका सचिव श्री कृष्णप्रसाद काप्रीले आज निर्वाचन आयोगमा पदबहाली गर्नुभएको छ।
आयोगमा पदबहाली गर्दै सचिव काप्रीले आयोगको कामलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी ढंगले अघि बढाउन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवनियुक्त सचिव काप्रीलाई आयोगका पदाधिकारी तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। पदबहालीसँगै उहाँले आयोगको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभएको छ।






