AI Generate Photo

धादिङ, २४ मंसिर २०८२ ।
वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट प्रहरीले प्रतिवन्धित लागूऔषध ट्रामाडोल ६० हजार ५ सय ३० ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ गरिएको चेकजाँचका क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बा.प्र.०८–००१ ज ०११७ नम्बरको इभी गाडी रोकेर जाँच गर्दा ठूलो परिमाणको ट्रामाडोल फेला पारेको हो ।

पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ–६का १९ वर्षीय रामहरी मगर र सिद्धलेक–७का १९ वर्षीय राजकुमार मगराती रहेका छन् । दुबै जना गाडीमै सवार अवस्थामा नियन्त्रित लागूऔषधसहित पक्राउ परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0