धादिङ, २७ मंसिर
नेपाली कांग्रेस धादिङले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव तथा २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि ३५ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ। संघीय निर्वाचन क्षेत्र नं. १ र २ बाट प्राप्त सुझावका आधारमा जिल्ला कार्यसमितिले आज प्रदेश समितिमा अन्तिम नाम पठाएको हो।
पार्टी मापदण्डअनुसार एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ महिला सहित ३, समानुपातिकतर्फ १ महिला सहित २ र राष्ट्रिय सभातर्फ ३ जनासम्म सिफारिस गर्नुपर्ने व्यवस्था रहेको भए पनि यसपटक दुवै क्षेत्रमा सोभन्दा बढी संख्या सिफारिस भएको छ। क्षेत्र नं. १ बाट प्रत्यक्ष १०, समानुपातिक ४ र राष्ट्रिय सभा २ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. २ बाट प्रत्यक्ष ११, समानुपातिक ७ तथा राष्ट्रिय सभा १ जनाको नाम प्रदेश समितिमा पठाइएको छ।
निर्वाचन क्षेत्र नं. १
प्रत्यक्षतर्फ
1. अर्जुनप्रसाद उप्रेती
2. कविन शाक्य
3. कृष्ण रिजाल
4. खिल गिरी
5. बद्रीप्रसाद अर्याल
6. विकास अधिकारी
7. विश्वप्रसाद अर्याल
8. मनोजकुमार श्रेष्ठ
9. रवि सुदन थापा
10. राधाकृष्ण भण्डारी
समानुपातिकतर्फ
1. उर्मिला थपलिया
2. कविता इटनी
3. भक्तकृष्ण सापकोटा
4. ज्ञानेन्द्र सिलवाल
राष्ट्रिय सभातर्फ
1. माधवराज पाण्डे
2. हरि अधिकारी
निर्वाचन क्षेत्र नं. २
प्रत्यक्षतर्फ
1. रमेशप्रसाद धमला
2. वासुदेव तिमल्सिना
3. तिलकप्रसाद रुवाली
4. गोपाल विश्वकर्मा
5. दिनेशबहादुर गुरुङ
6. ईश्वर अधिकारी
7. डा. अमितसिंह कार्की
8. चन्द्रबहादुर थापा
9. अश्विन दुवाडी
10. देवीकुमारी बुर्लाकोटी
11. कल्पना अधिकारी
समानुपातिकतर्फ
1. दिलमान पाख्रिन
2. चीजकुमार श्रेष्ठ
3. अर्जुनबहादुर थापा
4. सेतेमान तामाङ
5. बालकृष्ण नेपाली
6. शान्ताकुमारी तामाङ
7. भगवती उप्रेती
8. रीता थापा मगर
राष्ट्रिय सभा
1. दिलमान पाख्रिन






