विश्वास सिलवाल
धादिङ, गजुरी — २०८३ भदौ २८ गते।
गजुरी गाउँपालिका–६ स्थित बेल्खु खोलामा बाढीपछि स्थानीयहरू पुनः बालुवा निकाल्ने काममा फर्किएका छन्। बाढी आउनुअघि पनि बालुवा निकाल्ने तथा बिक्री गर्ने कार्यमा संलग्न रहेका स्थानीयहरू बाढीपछि केही समय रोकिए पनि अहिले आफ्नो जीविकोपार्जनका लागि पुनः सोही काममा फर्किएका हुन्।

गत भदौ १० गते आएको बाढीले बेल्खु खोला आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले खोला तथा आसपासको भू–भागको स्वरूपसमेत परिवर्तन गरेको अवस्थामा अहिले पानीको बहाव सामान्य हुँदै गएपछि स्थानीयहरू खोलामा पुगेर बालुवा निकाल्न थालेका छन्।

आज बेल्खु खोलामा स्थानीयहरू बालुवा निकाल्दै, जम्मा गर्दै तथा ढुवानीका लागि तयार पार्दै गरेको दृश्य देखिएको छ। विपद्पछि रोजगारी तथा आम्दानीका स्रोत प्रभावित भएका स्थानीयका लागि बालुवा निकाल्ने काम दैनिक गुजारा चलाउने एउटा माध्यम बनेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0