धादिङबेशी, १५ माघ २०८२
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ–२ ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभित्रका ५१ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ।
क्षेत्रीय कार्यसमितिको आयोजनामा मिति २०८२ माघ १२ गते सम्पन्न संयुक्त बैठकको निर्णयअनुसार केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारी, सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा सभापतिहरूको सहभागितामा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रतिनिधिहरू तोकिएका हुन्।
नेपाली कांग्रेसका अनुसार पार्टीको उम्मेदवार तथा संगठनलाई विजयी गराउने लक्ष्यका साथ प्रतिनिधिहरूलाई आ–आफ्नो स्थानीय तह अन्तर्गतका वडा तहमा निर्वाचन अवधिभर जिम्मेवारी दिइएको छ। धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला रहेका छन्।
पार्टीको नीति, सिद्धान्त, निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै वडा तहमा अनुशासित, प्रभावकारी र परिणाममुखी ढंगले निर्वाचन परिचालन कार्य सञ्चालन गर्ने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ।
प्रतिनिधिहरूको नामावली
नीलकण्ठ नगरपालिका
रमेश प्रसाद धमला (सानो), डा. अमित सिंह कार्की, नारायण कुमार श्रेष्ठ, देवीप्रसाद कोइराला, ईश्वर अधिकारी, झंक नारायण श्रेष्ठ, नारायण पोखरेल, कल्पना अधिकारी, गोपाल विश्वकर्मा, दीपक कोइराला, सरोज अधिकारी, बलराम रिजाल, होमबहादुर गुरुङ र लक्ष्मी गिरी।
ज्वालामुखी गाउँपालिका
मदन कुमार श्रेष्ठ, नरेन्द्र भट्ट, विनोद तिमल्सिना, नवराज सिंखडा, विजय भण्डारी, खुमबहादुर सुवेदी र शोभा छत्कुली।
त्रिपुरासुन्दरी गाउँपालिका
फणीकान्त छत्कुली, देवी कुमारी बुर्लाकोटी, कविन्द्र अधिकारी, नवराज तिमल्सिना, केशव सापकोटा, राजन बुर्लाकोटी र रामप्रसाद अधिकारी।
गंगाजमुना गाउँपालिका
कान्छा बहादुर तामाङ, अक्कल बहादुर तामाङ, विजय कुमार गुरुङ, गोपाल ढकाल, दल बहादुर अधिकारी, दुर्गा दाहाल र राजेन्द्र आर्याल।
नेत्रावती गाउँपालिका
दिनेश गुरुङ लामा, विजय पाख्रिन, टेकजंग लामा, कृष्ण प्रसाद रिजाल र नवराज जम्कट्टेल।
खनियाबास गाउँपालिका
लेख बहादुर तामाङ, राजु पाख्रिन, चीजकुमार तामाङ, योमाया तामाङ र सरिता तामाङ।
रुबीभ्याली गाउँपालिका
योग बहादुर तामाङ, डेभिड घले, सुमन तामाङ, चालमान तामाङ, कुल बहादुर गुरुङ र पदम गोले।
पार्टीले तोकेको लक्ष्य हासिल गर्न प्रतिनिधिहरूको सक्रियता, इमानदारी र प्रतिबद्धताले कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास पार्टीले व्यक्त गरेको छ।






