बद्री पौडेल

धादिङ , धादिङ बेसी

जिल्ला निर्वाचन कार्यालय, धादिङले सार्वजनिक गरेको विवरणअनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या २ लाख ७५ हजार २८० पुगेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभर मतदाता नामावली अद्यावधिक तथा मतदान स्थल–केन्द्र निर्धारणको काम सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

धादिङ जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ गरी दुई निर्वाचन क्षेत्र रहेका छन्। विवरणअनुसार क्षेत्र नं. १ मा १ लाख ३६ हजार ६८६ र क्षेत्र नं. २ मा १ लाख ३८ हजार ५९४ मतदाता रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १

क्षेत्र नं. १ अन्तर्गत गजुरी, गल्छी, थाक्रे, धुनीबेंशी, बेनीघाट रोराङ र  सिद्दलेख गरी  ६ स्थानीय तह पर्दछन्।

📍 गजुरी गाउँपालिका

गजुरी गाउँपालिकामा ८ वटा वडा रहेका छन्। यहाँ पुरुष १० हजार १७२, महिला ८ हजार ८१७ गरी कुल १८ हजार ९८९ मतदाता छन्। पालिकाभर २१ मतदान केन्द्र तोकिएका छन्।

📍 गल्छी गाउँपालिका

गल्छी गाउँपालिकामा ८ वडामा पुरुष ११ हजार १२७, महिला १० हजार २०५ गरी कुल २१ हजार ३३२ मतदाता रहेका छन्। यहाँ २३ मतदान केन्द्र रहनेछन्।

📍 थाक्रे गाउँपालिका

११ वडा रहेको थाक्रे गाउँपालिकामा पुरुष १४ हजार ३४३ र महिला १३ हजार ३८२ गरी कुल २७ हजार ७२५ मतदाता छन्। पालिकामा ३० मतदान केन्द्र निर्धारण गरिएको छ।

📍 धुनीबेंशी नगरपालिका

धुनीबेंशी नगरपालिकामा ९ वडामा पुरुष १३ हजार ८७६, महिला १२ हजार ८३० गरी कुल २६ हजार ७०६ मतदाता छन्। यहाँ ३० मतदान केन्द्र रहनेछन्।

📍 बेनीघाट रोराङ गाउँपालिका

१० वडा रहेको बेनीघाट रोराङ गाउँपालिकामा पुरुष ११ हजार १६४, महिला १० हजार ०९७ गरी कुल २१ हजार २६१ मतदाता छन्। पालिकामा २४ मतदान केन्द्र तोकिएका छन्।

📍 सिद्दलेख

सिद्दलेख  गाउँपालिकाका ७ वडामा पुरुष १० हजार ६१६, महिला १० हजार ०५७ गरी कुल २० हजार ६७३ मतदाता रहेका छन्। यहाँ २४ मतदान केन्द्र रहनेछन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २

क्षेत्र नं. २ अन्तर्गत खनियाबास, गंगाजमुना,   ज्वालामुखी,   त्रिपुरासुन्दरी  ,  नीलकण्ठ न पा , नेत्रावती डवजोङ  र   रुबीभ्याली  गरी ७ स्थानीय तह पर्दछन्।

📍 खनियाबास गाउँपालिका

५ वडा रहेको खनियाबास गाउँपालिकामा पुरुष ५ हजार ०९८, महिला ४ हजार ९०५ गरी कुल १० हजार ००४ मतदाता छन्। यहाँ १२ मतदान केन्द्र तोकिएको छ।

📍 गंगाजमुना गाउँपालिका

गंगाजमुना गाउँपालिकामा ७ वडामा पुरुष ९ हजार ३५०, महिला ९ हजार २५० गरी कुल १८ हजार ६०१ मतदाता रहेका छन्। पालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ।

📍 ज्वालामुखी

७ वडा रहेको ज्वालामुखी  गाउँपालिकामा पुरुष ११ हजार ४३१, महिला ११ हजार ०६२ गरी कुल २२ हजार ४९३ मतदाता छन्। यहाँ २४ मतदान केन्द्र रहनेछन्।

📍  त्रिपुरासुन्दरी

त्रिपुरासुन्दरी  गाउँपालिकामा  ७ वटा वडा , कुल २० हजार ७२० मतदाता रहेका छन्। मतदाता संख्याका आधारमा २४ मतदान केन्द्र तोकिएको छ।

📍 नीलकण्ठ नगरपालिका

१४ वडा रहेको नीलकण्ठ नगरपालिकामा पुरुष २२ हजार ६०२, महिला २२ हजार ७१४ गरी कुल ४५ हजार ३१६ मतदाता रहेका छन्। नगरपालिकाभर ४८ मतदान केन्द्र निर्धारण गरिएको छ।

📍 नेत्रावती डबजोङ गाउँपालिका

५ वडा रहेको नेत्रावती डबजोङ गाउँपालिकामा पुरुष ६ हजार १०३, महिला ६ हजार ०८५ गरी कुल १२ हजार १८८ मतदाता छन्। यहाँ १४ मतदान केन्द्र रहनेछन्।

📍  रुबीभ्याली

रुबीभ्याली  गाउँपालिकामा ६ वडामा पुरुष ४ हजार ७७७, महिला ४ हजार ४९५ गरी कुल ९ हजार २७२ मतदाता रहेका छन्। पालिकामा १५ मतदान केन्द्र तोकिएको छ।

📌 ११४ मतदान स्थल, ३१० मतदान केन्द्र

जिल्लाभर ११४ मतदान स्थल र ३१० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता संख्याको चाप अनुसार केही वडामा मतदान केन्द्र थपघट गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रमलाई तीव्र  बनाईने जिल्ला निर्वाचन कार्यालय, धादिङले त्रिकोण खबरलाई  जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0