धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेशप्रसाद धमलाले आजबाट मतदाता भेटघाट कार्यक्रम सुरु गर्ने भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसका उम्मेदवार धमलाले ज्वालामुखी गाउँपालिकाबाट मतदाता भेटघाटको औपचारिक सुरुवात गर्न लागेका हुन्।

नेपाली कांग्रेस धादिङका सहसचिव तथा निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नवराज तिमल्सिनाका अनुसार क्षेत्र नम्बर २ अन्तर्गतका सबै पालिका तथा पालिकाभित्र रहेका ५१ वटै वडा र टोलबस्ती समेट्ने गरी मतदाता भेटघाटको विस्तृत कार्यतालिका तयार भइसकेको छ। सोही कार्यतालिका अनुसार धमलाको मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिनुभयो।

तिमल्सिनाले निर्वाचनमा पार्टी र उम्मेदवारको जित सुनिश्चित गर्न विभिन्न विषयगत समिति गठन गरिएको र ती सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसार कार्यक्रम अघि बढाइसकेको समेत बताउनुभयो।

📌 मतदाता भेटघाट कार्यक्रम तालिका

📅 माघ २१ गते

  • वडा नं. ६, साँधभञ्ज्याङ – बिहान ८:०० बजे

  • वडा नं. ५, जौबारी – बिहान ११:३० बजे

  • वडा नं. ५, छापथोक – दिउँसो १:०० बजे

  • वडा नं. ५, धुली मैदान – दिउँसो ४:३० बजे

  • वडा नं. ५, काप्रिगाउँ – बेलुकी ७:०० बजे

📅 माघ २२ गते

  • वडा नं. १, पिपलटार – बिहान ८:३० बजे

  • वडा नं. १, माझिटार – बिहान १०:३० बजे

  • वडा नं. १, रातमाटे – दिउँसो १२:०० बजे

  • वडा नं. २, गैरीगाउँ – दिउँसो २:३० बजे

  • वडा नं. २, एक्ले पिपल – दिउँसो ४:०० बजे

  • वडा नं. २, विजयटार – अपरान्ह ५:३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0