धादिङ क्षेत्र नं–२ मा सुसन तामाङको मितेरी पार्टीमार्फत सामाजिक–विकासमुखी सक्रियता |
धादिङ — धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–२ बाट मितेरी पार्टी नेपालका तर्फबाट प्रत्यक्ष उम्मेदवार सुसन तामाङ पछिल्लो समय सामाजिक न्याय, भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, पूर्वाधार विकास र स्थानीय रोजगारी केन्द्रित कार्यक्रमका कारण चर्चामा रहनुभएको छ। विशेषगरी रुबीभ्याली गाउँपालिका र निलकण्ठ नगरपालिका क्षेत्रमा सञ्चालन गरिएका उहाँका पहलहरूले स्थानीयस्तरमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।
भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय भूमिका
सुसन तामाङको पहलमा रुबीभ्याली गाउँपालिका–४ स्थित हिन्दुङ क्षेत्रमा भूकम्प प्रभावितका लागि नयाँ हिन्दु बस्ती निर्माण सम्पन्न गरिएको छ। त्यसैगरी निलकण्ठ नगरपालिका–२ र ४ मा विस्थापित परिवारका लागि सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको छ। यी योजनाले दीर्घकालीन आवास समस्यामा राहत पुगेको स्थानीय बासिन्दाको भनाइ छ।
शिक्षामा प्रत्यक्ष लगानी
शिक्षालाई विकासको मेरुदण्ड मानेर तामाङले हिन्दुङ प्राथमिक विद्यालयमा निजी स्रोतबाट शिक्षक नियुक्त गरी तलब व्यवस्थापन गर्नुभएको छ। साथै दमगदी–सङ्कोस क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ, जसले विद्यालय उपस्थितिदर बढाउन सहयोग पुगेको बताइएको छ।
दलित, युवा र समानताको मुद्दा
दलित समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्दै आउनुभएका तामाङले युवाको पलायन रोक्न स्थानीय रोजगारी र सीपमूलक अवसर सिर्जना गर्ने नीति अघि सार्नुभएको छ। कानुन सबैका लागि बराबर हुने, धनी–गरिबबीचको विभेद अन्त्य गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउँदै आउनुभएको छ।
प्राकृतिक स्रोत संरक्षण र विकास
रुबीभ्याली लगायतका क्षेत्रमा रहेका जडीबुटी, खनिज तथा कृषिजन्य स्रोतको व्यवस्थित उपयोग, वनजंगल तथा वन्यजन्तु संरक्षण, साथै वातावरणीय सन्तुलन कायम राख्दै हाइड्रोपावर विकासलाई प्राथमिकता दिने उहाँका एजेन्डाले स्थानीय आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ।
उम्मेदवार सुसन तामाङका प्रमुख प्रतिबद्धता
आफ्नो उम्मेदवारी घोषणा गर्दै सुसन तामाङले धादिङको राजनीतिक जडता तोड्दै युवाको भावना र जनताको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका मुख्य प्रतिवद्धताहरू यसप्रकार रहेका छन्:
-
धादिङबेसी–तिप्लिङ सडक कालोपत्रे
-
टारिबेसी–गंगाजमुना सडक स्तरोन्नति तथा कालोपत्रे
-
धादिङबेसी–फोस्रेटार सडक कालोपत्रे
-
ज्यामरुङ र कटुञ्जे क्षेत्रमा दीर्घकालीन वायुगढी समस्याको समाधान
-
“एक घर, एक धारा” नीति लागू गरी खानेपानी सुनिश्चित
-
रुबीभ्याली र आसपासका खनिज तथा वनपैदावारको उचित व्यवस्थापनमार्फत स्थानीय आयआर्जन वृद्धि
उम्मेदवार तामाङले “यसपटक युवा नेतृत्वलाई मौका दिनुहोस्” भन्दै घोडा चिन्हमा मतदान गर्न धादिङवासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्नुभएको छ।
“घोडा चिन्हमा मतदान, धादिङे जनताको सम्मान” भन्ने नारासहित उहाँले जनताको अमूल्य मतले विजयी गराइदिन हार्दिक अनुरोध गर्नुभएको छ।






