धादिङ २५ माघ २०८२

धादिङ जिल्लाको  थाक्रे गा पा को दश  किलो  मा   आज यात्रुवाहक दुई बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान करिब ७ः३० बजे काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ ख २५५५ नम्बरको बस र काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०२–००६ ख ४५०६ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी थाक्रे गाउँपालिका–८ घर भई हाल सोही स्थानमा पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय खोभश शामी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौस्थित राष्ट्रिय ट्रमा सेन्टर तथा बी एन्ड बी अस्पताल, ललितपुर लगिएको थियो। उपचारकै क्रममा आज दिउँसो १ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही पसलमा रहेका दुई जना घाइते भएका छन्। उनीहरूको बी एन्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बसका चालकले बसको ढोका राम्ररी बन्द नगरी तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनापछि केही समय पृथ्वीलोकमार्ग अवरुद्ध भए पनि अहिले सडक सञ्चालनमा आएको छ। दुर्घटनामा संलग्न दुवै बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0