धादिङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं. २ मा पर्ने रूविभ्याली गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपाका उम्मेदवार रामबहादुर भण्डारी अग्रस्थानमा रहेका छन् ।
मतगणनाबाट प्राप्त परिणाम अनुसार रामबहादुर भण्डारी (नेकपा) ले १ हजार १४४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले १ हजार १४ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बोध नारायण श्रेष्ठले ४६२ मत प्राप्त गर्दा नेकपा एमालेका धनबहादुर घलेले ३२७ मत पाएका छन् । यस्तै हलो चिन्हबाट उम्मेदवार सुरेश रिजालले ६०४ मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्य स्थानको मतगणना भने निरन्तर जारी रहेको छ । नयाँ परिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0