धादिङ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको पहलमा धादिङ जिल्लाको नमुना स्वास्थ्य संस्था मानिएको ज्वालामुखी गाउँपालिका अन्तर्गतको ढोला स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा प्रवाहको न्यूनतम मूल्याङ्कन सम्पन्न गरिएको छ ।

जनस्वास्थ्य कार्यालय धादिङ तथा ज्वालामुखी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा उक्त मूल्याङ्कन कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य सेवा प्रवाहको गुणस्तर, व्यवस्थापन, सेवा उपलब्धता तथा सेवाग्राहीमैत्री वातावरणको अवस्थालाई अध्ययन गर्ने उद्देश्यले मूल्याङ्कन गरिएको ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो ।

मूल्याङ्कन टोलीले स्वास्थ्य चौकीमा उपलब्ध सेवा, औषधि व्यवस्थापन, जनशक्ति अवस्था, सेवा प्रवाहको प्रभावकारिता लगायतका विभिन्न पक्षको अनुगमन तथा समीक्षा गरेको थियो ।

यस्ता मूल्याङ्कनले स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधार गर्न तथा स्थानीयस्तरमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0