धादिङ ,३० फागुन २०८२
विद्यार्थीहरूको सूचना तथा प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले SEE लक्षित ICT आधारित हाजिरजवाफ कार्यक्रम धादिङमा सम्पन्न भएको छ। कार्यक्रम STAN धादिङको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा धादिङ जिल्लाका विभिन्न २७ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक कार्यक्रमबाट आदर्श माध्यमिक विद्यालय प्रथम, धादिङ बोर्डिङ स्कुल द्वितीय, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय तृतीय तथा सि.पि. स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन त्रिपुरा पुस्तक पसलले गरेको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने राम लामिछाने, सन्दिप अधिकारी, जितेन्द्र महर्जन, रामचन्द्र श्रेष्ठ, सतिस पोख्रेल, सुरेश अर्याल तथा भुवन उप्रेतीलाई आयोजकले धन्यवाद व्यक्त गरेका छन्।
त्यसैगरी कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भुमिलाल शर्मा सुवेदी र नीलकण्ठ बालमन्दिर माविका प्रधानाध्यापक विष्णु प्रसाद रिजाललाई पनि आयोजकले विशेष धन्यवाद दिएका छन्।
कार्यक्रमका अध्यक्ष राजन श्रेष्ठले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्रविधि र सामान्य ज्ञानप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरे।






