गोरखा, ३० फागुन

मनकामना मन्दिरमा दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार ईभी माइक्रोबस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रोबस सडकबाट करिब २०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइक्रोबसमा चालक र सहचालकसहित १४ जना सवार थिए। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

मृतकहरू सबै भारतीय नागरिक रहेको बताइएको छ। चालक र सहचालक बाहेक अन्य सबै मनकामना मन्दिर दर्शनका लागि आएका भारतीय तीर्थयात्री रहेका प्रहरीको भनाइ छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रीहरूका लागि यो यात्रा नै अन्तिम यात्रा बनेको घटनाले क्षेत्रलाई स्तब्ध बनाएको छ। 😢

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0