धादिङ , ८ चैत्र २०८२
डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतको लायन्स क्लब अफ धादिङ भैरबीको लायन वर्ष २०२६/०२७ का लागि आज चैत्र ८ गते आइतबार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रिजन नम्बर ५ का रिजन चेयरपर्सन लायन कृष्ण बद्री पौडेल तथा विशेष अतिथिका रूपमा जोन नम्बर १२ का जोन चेयरपर्सन लायन कृष्णप्रसाद ढकाल ‘शिशिर’ र लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजालको उपस्थिति रहेको थियो।
निर्वाचनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार अध्यक्षमा लायन प्रकाश सापकोटा निर्वाचित भएका छन्। त्यसैगरी प्रथम उपाध्यक्षमा लायन यमबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन इन्जिनियर जयराम अर्याल, सचिवमा लायन सिताराम अर्याल र कोषाध्यक्षमा लायन सन्तोष अधिकारी चयन भएका छन्।
यसैगरी सदस्यहरूमा लायन हरेराम शाह, लायन शोभा छत्कुली, लायन अर्जुनकुमार श्रेष्ठ र लायन गोकर्ण घिमिरे निर्वाचित भएका छन्।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।






