काठमाडौँ: – “कानुनभन्दा माथि कोही छैन” भन्ने सन्देशसहित सरकार अघि बढेको बताउँदै गृहमन्त्री सुदन गुरूङ ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ।
गृहमन्त्री गुरुङका अनुसार उक्त कदम कसैप्रति प्रतिशोधका लागि नभई कानुनी प्रक्रियाअनुसार न्यायको सुरुवातका रूपमा चालिएको हो। “यो कुनै व्यक्तिविशेषलाई लक्षित गरेर गरिएको कार्य होइन, देशमा विधिको शासन स्थापित गर्न गरिएको प्रक्रिया हो,” उहाँले बताउनुभयो।
सरकारले पछिल्लो समय सुशासन, पारदर्शिता र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरू गर्दै आएको छ। यसै सन्दर्भमा उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि पनि अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।
गृहमन्त्री गुरुङले नागरिकमा विश्वास दिलाउँदै भन्नुभयो, “अब देशले नयाँ दिशा लिनेछ। कानुनी राज्य स्थापना गर्न सबैलाई समान व्यवहार गरिनेछ।”
यता, उक्त घटनापछि देशको राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ भने विभिन्न दल तथा सरोकारवालाहरूले यसबारे आ–आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन्।
सरकारले भने अनुसन्धान प्रक्रिया निष्पक्ष र पारदर्शी हुने दोहोर्याउँदै कानुनी प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारेको छ।
कानुन माथि कोही छैन : ओली र लेखक नियन्त्रणमा, गृहमन्त्री गुरुङको भनाइ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






