काठमाडौं , २९ चैत २०८२

दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा कार भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो ।

दक्षिणकाली नगरपालिका–८ अन्तर्गत पर्ने रानीमडाँडा, केरावारी–सितचोक नजिकै सडकबाट कार करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौं बसोबास गर्दै आएका ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0