ओखलढुङ्गाका  साम्सद  विश्वराज पोखरेलको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त भिडियोमा उनले विद्यालयका हेडमास्टरलाई स्वागत गर्न गेटमा नआएको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ।

विद्यालय निरीक्षणका क्रममा पुगेका पोखरेलले हेडमास्टरलाई लक्षित गर्दै कडा शब्द प्रयोग गरेका छन्। भिडियोमा उनी भन्छन्, “तपाईंले म आउँदैछु भन्दा निस्किनु पर्छ। तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। एउटा जिल्लाको माननीय आउँदा हेडमास्टर भित्र बस्ने?”

पूर्व नेपाल प्रहरीका एआईजीसमेत रहेका पोखरेलले स्वागतका लागि बाहिर नआएको भन्दै कर्मचारीलाई थर्काएको दृश्य भिडियोमा स्पष्ट देखिन्छ।

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ। धेरै प्रयोगकर्ताहरूले “सेवा कर्तव्य हो, प्रदर्शन होइन” भन्दै सार्वजनिक पदमा रहेका व्यक्तिको व्यवहारमाथि प्रश्न उठाएका छन्।

भिडियो सार्वजनिक भएसँगै सांसद पोखरेलको शैली र अभिव्यक्तिलाई लिएर बहस चर्किएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0