काठमाडौं — नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा परिवर्तन गरेको छ। यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका कृष्णप्रसाद सिटौलालाई पदबाट हटाउँदै कमला पन्तलाई नयाँ नेता नियुक्त गरिएको हो।
प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई हटाएर पन्तलाई जिम्मेवारी दिएका हुन्। उनले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।
यो निर्णयसँगै कांग्रेसको राष्ट्रिय सभा संसदीय दलमा नेतृत्व परिवर्तन भएको छ। सिटौलालाई हटाउने र पन्तलाई जिम्मेवारी दिने निर्णयले पार्टीभित्रको शक्ति सन्तुलन तथा आन्तरिक व्यवस्थापनमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।






