धादिङ ,रुबीभ्याली
जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने नाहम्जी भिरबाट लडेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा वडा नं. ४ निवासी २७ वर्षीय अर्जुन तामाङ रहेका छन्।
स्थानीय स्रोतका अनुसार तामाङ रुबी (रत्न) खोज्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घटनास्थल अत्यन्तै भीरालो र जोखिमपूर्ण भएकाले हालसम्म शव निकाल्न कठिनाइ भइरहेको जनाइएको छ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य जारी रहेको छ। तर दुर्गम भौगोलिक अवस्था र भिरको जटिल बनावटका कारण शव बाहिर निकाल्न समय लागिरहेको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






