धादिङ, २१ वैशाख २०८३
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ स्थित श्री रानीपौवा माध्यमिक विद्यालय, सल्यानटारमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यालयका कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीहरू, शिक्षक तथा शिक्षिकालाई लक्षित गर्दै बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन, साइबर अपराध तथा बाल यौन दुर्व्यवहार सम्बन्धी विषयमा स्कुल सम्पर्क कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सम्बन्धित विषयका जोखिम, कानुनी प्रावधान तथा सुरक्षित रहने उपायबारे जानकारी दिइएको थियो। सहभागीहरूले यस्ता घटनाबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन पक्षले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सचेत बनाउने तथा सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने जनाएको छ।






