अ्मित पौडेल
धादिङ बेसी , २२ बैशाष २०८३
शैक्षिक सत्र २०८३ को नयाँ विद्यार्थी भर्ना अभियान अन्तर्गत हिजो आमाको माया छात्रावास, धादिङले धादिङ र नुवाकोट जिल्लाका लागी विद्यार्थीहरूको छनोट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आमाको माया छात्रावास, धादिङमै आयोजना गरिएको हो।
उक्त कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय संगठन सचिव मिलन भट्ट, बागमती प्रदेश संगठन सचिव चन्दन मण्डल, आमाको माया छात्रावास धादिङका अध्यक्ष डा. नविन बन्धु पहाडी, सचिव राजेन्द्र राना मगर तथा सञ्चालक समिति सदस्य कृष्ण बद्री पौडेलको उपस्थिति रहेको थियो।
छात्रावासले आर्थिक अवस्था अत्यन्त कमजोर भएका तथा अभिभावकविहीन बालबालिकालाई प्राथमिकतामा राखेर छनोट गर्ने गरेको छ। चयन गरिएका विद्यार्थीलाई छात्रावासमा आवास सुविधा प्रदान गर्दै नजिकका विद्यालयहरूमा अध्ययनको व्यवस्था गरिनेछ भने उनीहरूलाई आवश्यक संस्कार र अनुशासनसमेत सिकाइने जनाइएको छ। हिजो म्याग्दी , कास्की र धादिङ , चितवनका बिद्दार्थी आएको थियो ।
छात्रावासमा यस वर्ष करिब २४ जना विद्यार्थी राख्ने लक्ष्य रहेको सचिव राजेन्द्र राना मगरले जानकारी दिनुभयो।







