धादिङ,  जेठ ३१ ,२०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भई नयाँ प्रदेश नेतृत्व चयन गरिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि उत्सव अर्याललाई प्रदेश सभापतिमा निर्वाचित गरेको छ।

त्यसैगरी सुरेन्द्र भट्टा उपसभापति, मेनुका ठाकुरी महामन्त्री तथा स्वस्तिका लमिछाने र मीनप्रसाद गैरे सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

अधिवेशनबाट पदाधिकारीसहित ४६ जना प्रदेश सदस्य चयन भएका छन्। प्रदेश सदस्यतर्फ धादिङबाट चार जना प्रतिनिधित्व गर्न सफल भएका छन्।  डा कृष्णमान शाक्य खुला तर्फबाट निर्वाचित भएका छन् भने विकास चेपाङ धादिङ–१ बाट निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी सचिन अधिकारी धादिङ–१ बाट तथा सागर गौली धादिङ–२ बाट निर्विरोध प्रदेश सदस्यमा चयन भएका छन्।

रास्वपाको प्रदेश समितिमा धादिङबाट चार जना प्रतिनिधि चयन भएको जानकारी पार्टीका बागमती प्रदेश प्रशिक्षण विभाग उपप्रमुख देबी प्रसाद अधिकारी ले बताएका  छन्। उनका अनुसार अधिवेशनबाट पदाधिकारीसहित कुल २६ जना प्रदेश सदस्य चयन भएका छन्। उनले धादिङबाट निर्वाचित तथा चयन भएका प्रतिनिधिहरूले पार्टी संगठनलाई थप सशक्त र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई विभिन्न तहबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। बागमती प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउँदै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नवनिर्वाचित नेतृत्व सफल हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0