काठमाडौँ — आफूलाई ‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ब्युरोका एक उच्च अनुसन्धान अधिकारीले उनलाई बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर भर्खरै ब्युरो ल्याइएको बताए ।

बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए ।

आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।

लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।

साभार :- ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0