धादिङ:- वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यमा माघे संक्रान्तीको अबसरमा ज्यामरुङमा वृहत साँस्कृतिक कार्यक्रम हुने,।
श्री शंखा देवी संरक्षण समाज , नीलकण्ठ -११ काे आयाेजनामा माघे संक्रान्तीको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ,।
मकर संक्रान्ती विशेष साँस्कृतिक कार्यक्रम यहीँ माघ (१) गते राधा कृष्ण मन्दिरकाे प्रङगण निलकन्ठ (११) धमला गाउँमा हुने आयोजकले जानकारी दिएको छ,।
उक्त कार्यक्रम गर्नुको मुख्य उदेश्य शंखादेबी मन्दिरको ब्यापक प्रचार/प्रसार तथा पुरानो लोपोन्मुख गिर खेल बारे जानकारी गराउनु हो,। उक्त कार्यक्रममा चर्चित लोक गायक सुकदेव अधिकारी,गायिकाहरू विन्दु विहानी, सरूना दवाडी लगायत स्थानिय कलाकारहरूकाे समेत प्रस्तुती रहने छ ।
कार्यक्रम मा श्री शंखादेबी ज्यामरुङ दरबार पन्चेबाजा समुहको प्रस्तुती,लाईभ दाेहाेरी लगायत अन्य प्रस्तुती समेत रहने जनाईएको छ,। भने कार्यक्रम को प्राईम टेलिभिजन बाट प्रत्यक्ष प्रसारण समेत गरिने छ,।






