विनोद राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बनेका छन्।
शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि जितेका छन्।
मिलन नेवारकाे टिमबाट प्रतिस्पर्धा गरेका विनाेदले नगद २० लाख रूपैयाँसहित सबै भन्दा वढि दर्शककाे मत ल्याई विजेता भएका हुन्। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्।
टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।






