नीलकण्ठ नगरपालिकाको लिफ्ट सहितको सुविधा सम्पन्न भवनको शिलान्यास नगर प्रमुख भीम प्रसाद ढुंगाना ज्युले गनुभयो । १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने छ ।
नगरपालिकाको प्रशासनिक भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने लिफ्ट समेत जडान गरीनेछ । साथै भवनको भुई तलामा लेखा शाखा,स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ भने पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष,शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने छ । यसैगरी दोस्रो तलामा उप मेयरको कक्ष र न्यायिक हल रहनेछ भने तेस्रो तलामा सेमिनार हल रहने छ । यसैगरी चौथो तलामा आवासको व्यवस्था गरीएको भवन चार हजार ५२३ स्क्वायरफिटमा पाँच तलाको हुनेछ ।
भवन निर्माण सम्पन्न भएपछि नगरबासीहरुलाई सेवा लिनको लागि सहज हुने छ । नगरपालिकाकाे प्रसाशनिक भवन २०८३ कातिक सम्ममा सम्पन्न गर्ने लक्षय लिइएकाे छ । भवन शिलान्यास कार्यक्रममा उप प्रमुख दिपक विश्वकर्मा,,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी प्रमुख गौतम मिश्र,नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, वडा अध्ययक्षहरु,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु, सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधी लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
नगरपालिका हालसम्म पनि तत्कालिन महिला बिकास कायार्लयबाट सञ्चालन हुदै अाएकाे छ । १३ वटा पालिका मध्ये ज्वालामुखी र नीलकण्ठ नगरपालिकाकाे आफ्नै भबन नभएको बाँकी अन्य गा पा तथा न पा काे भने आफ्नै भबनबाट कायार्लय सञ्चालन भएकाे छ । धादिङमा १०४ वडाहरू मध्ये अधिकाँस वडाहरूकाे भवन निमाण हुन सकेको छैन ।






