नेपाल मगर बाैद्व सेवा समाज धादिङको आयाेजनामा सिद्वलेक गाउपालिका वडा नं ६ फिसटारमा मगर पुराेहित (वापा) तालिमकाे आजबाट सुरूवात गरिएकाे छ ।
मगरहरूकाे परम्परागत जन्म, देखि मृत्यु पर्यान्त गरिने संस्कारलाई आफ्नै संस्कार अनुसार गर्ने र मगर पुराेहितबाटै संस्कार गराउने उद्देश्यले तालिमकाे सुरूवात गरेकाे नेपाल मगर बाैद्व सेवा समाज धादिङका अध्यक्ष दुर्गा बहादुर थापा मगरले बताउनु भयाे । तालिमकाे उद्घघाटन समाराेह सिद्वलेक गाउपालिका अध्यक्ष पशुराम खतिवडाकाे प्रमुख आतिथ्ता सिद्वलेक गा पा वडा नं ६ का अध्यक्ष तथा नेपाल मगर संघ बागमती प्रदेशका प्रथम उपाध्यक्ष सुरेन्द्र कुमार मगर , सिद्वलेक गा पा वडा नं ३ का वडा अध्यक्ष देव वहादुर पुलामी मगर लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
२५ जना मगर युवाहरूकाे सहभागी हुने तालिम ५ दिन सम्म चल्ने छ ।






