श्री ५ काे बायुगुठी पिडितहरूले फागुन १५ गतेदेखि मालपाेत कार्यालय धादिङमा गर्ने भनिएकाे अनिश्चितकालिन आन्दोलनकाे सबै कार्यक्रम हाललाई स्थगित गरिएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग धादिङ र गोरखाका राजनितिक दल र निर्वाचित जनप्रतिधिहरुले गरिएको भेटमा उच्च स्तरिय समिति बनाई तत्काल काम गर्ने प्रतिवद्धता ब्यक्त गरे संगै उहाँहरुकै आग्रहमा आन्दोलनको कार्यक्रम हाललाई स्थगित गरेकाे श्री ५ काे बायुगुठी समस्या समाधान संघर्ष समिति धादिङले आज धादिङवेसीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएकाे छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको सरोकारवालाहरुको बैठकले राजनितिक दल र जनप्रतिनिधिहरुको आग्रहलाई स्वीकार गर्दै आन्दोलनका कार्यक्रम १५ दिनकाे लागि स्थगित गरिएकाे हो ।

उच्च स्तरिय समितिले काम नगरे फेरि चैत्र १ गते देखि आन्दोलन गर्ने संघर्ष समितिका संयोजक ईश्वरी बहादुर लम्सालले त्रिकाेण खवरलाई बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0