धादिङ: – नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनले देश ब्यापीरुपमा संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रम गर्ने क्रममा धादिङमा र नुवाकोटमा कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित आर के होटेलमा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य गणेश बास्तोलाले स्थानिय तह, प्रदेश र संघिय तहका कर्मचारीहरूमा बिभेद भएकोले आगामी संघिय निजामती ऐनमा एकरूपता कायम गर्ने गरि ऐन जारी गर्न नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय समितिले सरकार समक्ष दवाव मुलक कार्यक्रम गर्ने वताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकाेटाको सभापितत्वमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पाैडेल,पुर्व केन्द्रिय सदस्य वालकृष्ण नेपाली लगायतको अतिथ्यता रहेको थियो ।
युनियनकाे फागुन १० देखि १८ सम्म सञ्चालित संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रममा स्थानिय तह , प्रदेश र संघिय निजामती कर्मचारीहरूलाई विभेद गर्न नहुने , स्थानिय तहमा रहेका कर्मचारीहरूलाई निजामति कर्मचारी नभन्ने हुदा कर्मचारीकाे लागि दिईने पाेषाक समेत लगाउन बाध्य नहुने लगायतकाे बिषयहरू उठाएकाे र यी बिषयहरू आगामी केन्द्रीय समिति बैठकमा उठाईने युनियनका केन्द्रीय सदस्य कृष्णबहादुर पाैडेलले बताउनु भयाे । 






