धादिङः- धादिङ लगायत देशै भरी आज २०८० चैत्र १५ गते बिहान ८ वजेबाट SEE परीक्षा सुरू भएकाे छ ।
धादिङमा २४ वटा परिक्षा केन्द्रबाट १५९ विद्यालयका जम्मा ४हजार ९ सय ११ जना विद्यार्थीहरूले परिक्षा दिदै छन् । यस वर्ष जिल्लामा २४ वटा परिक्षा केन्द्रबाट २०७ जना प्राविधिक तर्फबाट, ग्रेडबृद्धि तर्फबाट २१ जना र खुल्ला विद्यालयबाट ३२ जना सहित ४ हजार ९सय११ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने छन् ।
एसईई परिक्षामा सहभागी हुने विद्यार्थीकाे संख्या घटेसंगै परीक्षा केन्द्र पनि घटाईएकाे शिक्षा विकास तथा समन्वय इकाई धादिङका सुचना अधिकारी कृष्णकुमार श्रेष्ठले त्रिकाेण खवरलाई वताउनु भयाे । यससंगै याे बर्ष रूबिभ्यालि गा पा काे मुक्राप देवि परिक्षा केन्द्र र सिद्वलेक गा पाकाे सिद्वेश्वर परिक्षा केन्द्र हटाईएकाे श्रेष्ठले वताउनु भयाे ।
अब धादिङकाे रूवी भ्याली गाउपालिकामा एउटा पनि परिक्षा केन्द्र छैन । रूवी भ्यालिका विद्यार्थीहरू भने अन्य गाउपालिकामा रहेकाे परिक्षा केन्द्रबाट परीक्षा दिदैछन् ।
विद्यार्थीलाई भयरहित र शान्ति पुर्ण तवरले परीक्षा सम्पन्न गर्न प्रत्येक परिक्षा केन्द्रमा प्रहरी सुरक्षा हुनेछन् ।
धादिङकाे २४ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेकाे छ भने सबै केन्द्रलाई पुग्ने गरि प्रश्नपत्र नजिककाे प्रहरी सुरक्षामा राखिएकाे श्रेष्ठले वताउनु भयाे ।






