धादिङ- निलकण्ठ नगरपालिकाको आयोजनामा यही असार १४ गते युवा सीप तालिम तथा रोजगार मेला सञ्चालन हुने भएको छ। आज निलकण्ठ नगरपालिकाले एक पत्रकार सम्मेलन गर्दै उक्त मेलाकोको बारेमा जानकारी दिएको हो।
रोजगारीको खोजीमा रहेका नगरका युवाहरुलाई स्वदेशमा नै रोजगारी प्राप्त गर्न सहज सरल तवरले पहुँच योग्य बनाउने तथा सीप तालिम लिन इच्छुकहरूलाई एक द्वार प्रणाली मार्फत आगामी वर्षमा सीप तालिम सञ्चालन गर्ने उद्देश्य अनुरूप एक दिने युवा सीप तालिम तथा रोजगार मेलाको आयोजना गर्न लागिएको निलकण्ठ नगरपालिकाका कार्यवाहक नगरप्रमुख दीपक विश्वकर्माले बताउनुभयो।
मेलाले रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारदातासँग जोड्न उद्यमशीलता तथा स्वरोजगारका कैन अवसरका बारेमा ज्ञान आर्जन गर्न हातमा सिप हुनेहरुलाई रोजगारीको अवसर प्रदान गर्दै सफल व्यवसायी र विज्ञहरूसँग अन्तरसंवाद गर्न व्यवसाय दर्ता नवीकरण र सञ्चालन सम्बन्धी परामर्श प्रदान गर्न तथा रोजगारी खोज्ने र रोजगारी दिनेहरूका नवप्रवधक र सो व्यवसाय विकासलाई प्रवर्द्धन गर्न यो मेला कोशेढुङ्गा हुने विश्वास नगरपालिकाले लिएको निलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो।
धादिङ जिल्लामा रहेका संघीय कार्यालय प्रदेश कार्यालय स्थानीय तह तथा विभिन्न निजी रोजगारदाताहरू उद्योग वाणिज्य संघ धादिङ चेम्बर अफ कमर्स नेपाल घरेलु तथा साना उद्योग महासंघ गैरसरकारी संस्था महासङ्घ संचार सहकार्यमा पत्रकार महासङ्घ लगायतको सहकार्यमा रोजगार मेला आयोजना गर्न लागिएको हो। मेलामा सरकारी निजी गैर सरकारी क्षेत्रका रोजगार सीप तालिम व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ वटा स्थल रहने आयोजकले जनाएको छ।






