भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौँबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो। दुर्घटनामा आगो लागेको छ भने यकिन विवरण आइसकेको छैन  

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरका ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। उक्त विमानमा चालक दलका सदस्य सहित १९ जना यात्रु रहेको बताएको छ सुरक्षाकर्मी र विमानस्थलका अग्नि नियन्त्रकहरु आगो निभाउन लागि परेका छन् काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको  ९ एन एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिन्छ प्राविधिक प्रयोजन परीक्षणको लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ अहिले उद्धार कार्य जारी छ। यद्यपि अहिलेसम्म कति जना आउन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0