काठमान्डाै । दुर्घटनामा परेको 9N AME सौर्य एयरलाइन्सको जहाज २१ वर्ष ४ महिना पुरानो रहेको तथ्य फेला परेको छ ।

क्यानडाको विमान कम्पनी बम्बाड्रियरले सन् २००३ मा यो जहाज उत्पादन गरेको जनाएको छ।
बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो ।
एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।
इन्डिपेन्डेन्स एअरबाट सन् २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन् २००८ अप्रिलसम्म उडाएको थियो ।
अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको रेकर्डमा देखिन्छ । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन् २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।






