मानसिक स्वास्थ्य (Mental Health )    

                                बद्रि पाैडेल ( अनुभवी स्वास्थ्यकर्मी )

 परिचय :- बिश्व स्वास्थ्य  सङ्गठन २००१ अनुसार , मानसिक स्वास्थ्य  भन्नाले कुनै पनि ब्यक्त्तिको त्यस्तो अवस्थालाई जनाउछ  , जसमा  ब्यक्तिले आफ्नो क्षमता लाई पहिचान गर्न सक्छ , जीवनका सामान्य  तनाबको सामना गर्न सक्दछ , उत्पादनशील  तरिकाले काम गर्न सक्दछ र आफ्नो समुदायमा केही योगदान दिन सक्षम हुन्छ ।    

नेपालको मानसिक स्वास्थ्यको  अवस्था :-

नेपालामा मानसिक स्वास्थ्यलाई शारीरिक भन्दा पृथकरुपमा हेरिन्छ , जबकि कुल जनसङ्ख्या को २५% लाई कुनै न कुनै किसिमको मनोसामाजिक समस्या रहेको पाईन्छ । कोभिड १९ पछि मानसिक समस्या भयाबह भएको पाईन्छ , श्रमिकहरुमा स्वदेशी भुमिमा भन्दा बिदेशी भुमिमा रहनेमा बढी हुनु को  कारण घरपरिवारबाट टाढा हुनु, नया वातावरण , कामको बोझ, सोचेजस्तो सहायताको अभाब आदि कारणले बिदेश रहनेलाई अझ बढी मानसिक समस्या हुन सक्छ मुख्य गरि डिप्रेसन (Depression) ,एन्जाईटि डिसर्डर (Anxity Disorder) , साईकोसिस (Psychoses) ,छारे रोग (Epilepsy) ,कन्भर्जन   डिस अर्डर ( Conversion Disorder ) जस्ता मानसिक रोग देखा पर्दछन । 

हाल नेपालमा मानसिक रोगको बारेमा अझै गलत धारणा रहेको पाईन्छ , उचित समयमा उपचार गर्दा राम्रो निको हुन्छ , डिप्रेसनका कारण धेरैले आत्मा हत्या गर्ने गर्दछ , मानसिक रोग पनि अरु शारीरिक रोग जस्तै हो भन्ने धेरैलाई महशुस नै छैन ,  क्रमश ……. ।

  लेखक दिव्य त्रिकाेण मिडिया हाउसका अध्यक्ष समेत हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0