काठमाडौं देखि नारायणघाट सम्मको सडक ठाउँ ठाउँ मा पहिरो गएकोले यात्रा सहज छैन , दिनहु जस्तो जाम पर्ने , ढुङाहरु खसेर गाडीहरु क्षति हुने , मानिसहरु घाईते हुने क्रम जारी छ । सडक रोकिएमा पहिरो हटाउन डोजरहरु तयारी अवस्थामा रहेको पाईयो , तर पनि प्रयाप्त भने छैन ।
सडक ठुलो बनाउनेक्रममा ठेकदार ले समयमा काम पुरा नगरेकोले नि धेरै क्षति भएको हो , पहिरो गएको जानकारी सडक सुरक्षा गर्ने निकाएले नदिदा धेरै यात्रु सास्ती खेप्नु परेका छन , सडकलाई सुरक्षित र आवतजावत सहज बनाउने जिम्मा लिएको निकाय सहज हुन जरुरी छ ।





