काठमाडौ , फ्रान्सको प्यारिसमा भइरहेको पारालिम्पिकमा शुक्रवार राती तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्य पदक जित्दै नेपाली खेलकुदको लामो पर्खाइको अन्त्य गरेकी छिन्।
पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत ५७ केजीमुनिको तौल समूहमा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेर उक्त उपलब्धि हात पारेकी हुन्।
नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलाडीले ओलिम्पिकमा पदक जित्न सकेका थिएनन्।






