धादिङ ।  शितल छहारी नेपाल , नीलकण्ठ ८ धादिङद्वारा  आज एक कार्यक्रम गरी देउराली मा बि (प्राबिधिक शिक्षालय ) ससाह लाई  PAUL कम्पनीको एक थान पानी छान्ने फिल्टर उपलब्ध गराएको छ ।
बिद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा शितल छहारी नेपालको अध्यक्ष कृष्ण बद्री पौडेल , उपाध्यक्ष बिक्रम पौडेल,  नेपाल मानब अधिकार सङ्गठन  धादिङका अध्यक्ष कृष्णराज अधिकारी , प्र अ खिलबहादुर धमला , शितल छहारीका सदस्यहरु मनकाजी पौडेल, शुसिला ढुङ्गाना , सल्लाहकार बालकृष्ण नेपाली लगाएतको उपस्थिति रहेको थियो ।


सस्थाका  अध्यक्षले फिलटरको महत्व बताउदै रु दुई लाख बैसठ्ठी  हजार मुल्य परेकोले राम्रो प्रयोग गर्न अनुरोध गर्नु भयो , प्र अ र बि ब्य समिति का अध्यक्षले सस्था र ब्यक्त्तिलाई धन्यवाद दिदै आगामी  दिनमा पनि सहयोगको अपेक्षा गर्दै राम्रो सदुपयोग गर्ने प्रतिबध्द ता ब्यक्त गर्नु भो। शितल छहारी नेपाल सस्थाले धादिङमा  स्वाबलम्बी बहिरा बिध्द्यालय , नमुना बौध्दिक अपाङता बिध्धालय , आमाको माया को छात्राबास , नेत्रावाती डवजोङको महेन्द्र बराही मा बि , खनियाबासको माउरमा , बेनिघाटमा ,  जाजरकोटसम्म सहयोग गरेको बत्ताउनु हुन्छ सस्थाका उपाध्यक्ष बिक्रम पौडेल ।
केही दिन पछी अर्को  नमुना बौध्दिक अपाङता  बिध्धालयमा पनि फिल्टर उपलब्ध   गराउने सस्थाका अध्यक्षले बत्ताउनु   भयो । हालसम्म  धादिङ जिल्लाको ९ वटा बिध्धालयमा उक्त किसिमको फिल्टर उपलब्ध गराई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0