धादिङ । गैरसरकारी संस्था महासंघ धादिङको १९ औं बार्षिक साधारण सभा तथा आठाै अधिवेशन सम्पन्न भएको छ ।
आज धादिङवेसीमा आयाेजित आठाै अधिवेशनले शालिकराम दुवाडीकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा तोलाकुमारी पाठक, सचिवमा शेर बहादुर तामाङ (शिलास), सहसचिवमा इन्द्रमान शाक्य, कोषाध्यक्षमा ईशोरी कोईराला चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा संगिता पाण्डे विसुराल, गुणराज खतिवडा, राम बहादुर नेपाली, प्रमिला पण्डित, बम बहादुर नेपाली, कृष्ण बद्री पौडेल, विष्णु प्रसाद पौडेल, गिता खनाल र दुर्गा अधिकारी चयन हुुनुभएको छ ।
गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङले १९ औं वार्षिक साधारण सभा तथाआठौं अधिवेशन जिल्लाको सदरमुकाम धादिङबेशीमा सम्पन्न गरेको हो ।
गैसस महासंघलाई चलायमान बनाउने अध्यक्ष शालिकराम दुवाडीले बताए । ‘धादिङमाआधिकारिक रुपमा दर्ता गरेका २४२ संस्थाहरु रहेका छन् । ती सस्ंथाहरुलाई नागरिक अभियानमाजोड्दै लाने , पाँच हजार पाँच सय १५ जना साधारण सदस्य, एक हजार नौ सय ७५ कार्यसमितिमा, ६४ करोड ८६ लाख रकम बराबर धादिङमा काम गरिरहेका छन् । दुई सय ४९ जनाले तप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका गैर सरकारी संस्था महासंघ नेपाल एउटा अब्बल संस्था हो । तरगैससले गरेका कामहरु राज्यले आफ्नो कार्यक्रममा जोडेका छैनन् । गैससले गरेका कामहरुस्थानीय सरकारसँग जोड्ने तथा स्थानीय सरकारले मापन गर्ने गरी गैससले काम गर्ने छ । निकटभविष्यमै धादिङका १३ वटै स्थानीय तहमा गैर सरकारी सञ्जाल निर्माण गर्ने अध्यक्ष ले बत्ताउनु भयो ।






