सिद्धलेक गाउँपालिका वडा न ५ र ६ को सिमानामा पर्ने रातमाटेमा बोलेरो गाडी दूर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
धादिङबेसीबाट खाद्यान्न र सर्वसाधारण बोकेर रैकरतर्फ जाँदै गरेको ग १ज ७८६७ नम्बरको बोलेरो वडा नं ५ र को ६ सिमानामा पर्ने रातमाटेमा दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दूर्घटनामा घाइते हुनेहरु मध्ये २ जना मध्यम घाइते र अन्य ९ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्याईएको छ ।






