धादिङ , धादिङ जिल्ला अदालत बार एशाेशिएशन द्वारा अ।योजित ६ दिने अबलोकन भ्रमण सम्पन्न भएकाे छ । गत असाेज १७ गतेबाट धादिङ काे नीलकण्ठ १० टारीबेशी हुदै मध्य पहाडी लाेेकमार्गकाे अबलोकन भ्रमण गर्ने सन्दर्भमा गाेरखाकाे घ्याम्पेसाल, लिग लिग काेट, लम्जुङकाे सुन्दर बजार , हर्कपुर,काश्किकाे रूपाकाेट, पर्वत , बाग्लुङ बुर्तिबाङ,ढाेरपाटन, पूर्वीरूकुमकाेट,पश्चिम रूकुम खलाङ्गा हुदै जाजरकोट सम्मकाे यत्रा गरीएकाे थियाे ।
बारका अध्यक्ष अधिवक्ता टंक कुमार श्रेष्ठकाे नेतृत्व मा अधिवक्ताहरू रामकृष्ण अधिकारी ,रामचन्द्र भट्ट , खिल गिरी,गाेपी अर्याल र कृष्णराज अधिकारीकाे सहभागिता रहेकाे थियोे ।
हिजाे सम्पन्न उक्त भ्रमण काे मुख्य उध्येश्य मध्य पहाडी लाेकमार्गले ग्रामीण क्षेत्रमा ल्याएकाे परीवर्तन,स्थानीयहरूकाे मानव अधिकार काे अवस्था, न्यायिक शुसाशनकाे अवस्था बारे जानकारी हासिल गर्नु रहेकाे थियाे । भ्रमण अवधिकै बिचमा बारमा सुद्दीकरणका लागि सदस्यता नवीकरण गर्दा कानून व्यवसायी फर्म दर्ताकाे प्रतिलिपी अनिवार्य पेश गर्न पर्ने प्रस्ताव बारका सचिव रामकृष्ण अधिकारी ले राख्नु भएकाे थियाे ।
धादिङ बारकाे ६ दिने अबलोकन भ्रमण सम्पन्न –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






